९५ लाखमा बिक्यो ‘पशुपति प्रसाद २ः भष्मे डन’को डिजिटल अधिकार

२३ फागुन २०७९ १२:४१

नायक विपिन कार्कीलाई शिर्ष भूमिकामा राखेर निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्न लागेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को डिजिटल अधिकार बिक्री भएको छ । यसको डिजिटल अधिकारी ओएसआर डिजिटलले लिएको छ ।

यसवापत, ओएसआरले चलचित्रको निर्माण कम्पनीलाई ९५ लाख रुपैयाँ दिएको छ । आज निर्माणपक्ष र ओएसआरका प्रमुख ओम अग्रवालबिच कागजी संझौता भएको छ ।

चलचित्रका निर्देशक दीपेन्द्र के खनालले यो संझौता नेपाली चलचित्रको इतिहासमा नै नयाँ मानक बनेको बताएका छन् ।

चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ । चलचित्रमा विपिनको साथमा स्वस्तिमा खड्का र सौगात मल्लको मुख्य भूमिका रहनेछ । खगेन्द्र लामिछानेको निर्देशनमा तयार हुन लागेको चलचित्रलाई ‘पशुपति प्रसाद’को सिक्वेलको रुपमा निर्माण गर्न लागिएको हो ।

यसपटक निर्देशक खनालले भष्मे डनको कथालाई चलचित्रमा प्रस्तुत गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *