छविराजको फिल्ममा रेखा र पूजा

२३ फागुन २०७९ ५:४०

लामो समयदेखि नायिकाद्धय रेखा थापा र पूजा शर्माले एकसाथ चलचित्र खेल्ने चर्चा अब भने पुरा हुने भएको छ । यसअघि रेखा र पूजाले नै निर्माण गर्ने भनिएको चलचित्रलाई अब निर्माता छविराज ओझाले बनाउने भएका छन् । छविराज प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने पक्का भएको छ । चैत्रको तेश्रो साताबाट यो चलचित्रको छायांकन सुरु हुनेछ ।

चलचित्रको नाम तय भैसकेको छैन । महिला केन्द्रित कथामा तयार हुने चलचित्रमा अर्की एक नायिका पनि हुनेछिन् । तीन नायिकालाई केन्द्रिय भूमिकामा राखेर तयार हुने चलचित्रको कथा लेख्ने काम धमाधम भैरहेको छ ।

नायिका रेखा थापाले सोमबार होली खेल्ने क्रममा पूजासँग सहकार्य गर्न लागेको खुलासा गरिन् । पूजाले पनि रेखासँग चलचित्रमा काम गर्न पाउँदा आफू उत्साहित रहेको भन्दै अरु सबै प्रोजेक्ट छाडेर यसमै केन्द्रित भएको बताइन् ।

रेखा नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक लोकप्रिय नायिका हुन् । यस्तै, पछिल्लो पुस्तामा पूजाको क्रेज पनि गज्जब छ । यसैले, यी दुई नायिका एकसाथ हुँदा बक्स अफिसमा राम्रो कमाई हुने अपेक्षा गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *