पल लेख्छन्–‘म मात्तिएको छैनँ, कसैलाई गाली नगरिदिनुहोला’

२३ फागुन २०७९ ५:२५

एक बर्ष लामो जेल जीवन बिताएर फर्किएका नायक पल शाहले आफू नमात्तिएको उल्लेख गरेका छन् । आफ्नो स्वागतमा शुभचिन्तकहरुको ठूलो भीड देखेर आफू नमात्तिएको र अब काममा नै फर्किएको उनले लेखेका छन् ।

होलीको अवसरमा सामाजिक संजालमा स्टाटस लेख्दै पलले भनेका छन्–‘सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया हो । बितेको एक बर्षलाई मैले सिकाईको उर्बर समयको रुपमा लिएको छु । मनमा न कसैप्रति रिस बाँकी छ, न त कुनै प्रतिशोधको भावना । छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य । साथै मेरो बितेको एक बर्षको त्यो घटनासँग जोडीएका सम्पूर्ण व्यक्तिहरुमा मेरो सदा सम्मान र सद्भाव । यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो । त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो व्यवहार नगरिदिनुहोला । उहाँहरुसँग फेरि सहकार्य गर्ने वातावरण मिलोस् । त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरि पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु । मेरो स्वागतमा परिवार, आफन्त, साथीभाई मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन । बरु, यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ ।’

पलले आफ्नो घटनासँग जोडिएका कसैलाई पनि गाली नगरिदिन आग्रह गर्दै ठूलो हृदय समेत देखाएका छन् । पलले चाडै नै म्युजिक भिडियोमा काम गर्न लागेको वुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर