साराको खुलासा–‘कार्तिकसँग ब्रेकअपपछि मेरो दिन खराब चल्यो’

२१ फागुन २०७९ १५:४९

नायिका साराअली खानले नायक कार्तिक आर्यनसँग ब्रेकअप भएपछि आफ्नो दिन खराब चलेको उल्लेख गरेकी छिन् । रणवीर इल्हाबादीको पोडकाष्टमा कुरा गर्दै साराले भनेकी छिन्–‘सन् २०२० मेरा लागि निकै नै खराब थियो । यो ब्रेकअपबाट सुरु भएको थियो र विस्तारै खराब चलिरहेको थियो ।’

चलचित्र ‘लभ आजकल’ फ्लप भएपछि आफूमाथि हुने गरेका ट्रोलले पनि खासै असर नपरेको साराको भनाई छ । उनले भनिन्–‘ट्रोल भन्दा पनि पीडा अरु कुनै कारणले भएको समयमा यसको असर खासै नहुने रहेछ ।’

सारा अभिनित ‘लभ आजकल २ र कुल्ली नम्बर १’ बक्स अफिसमा असफल भए । साराले, यो उमेर नै आफ्नो गल्ती गर्ने रहेको बताएकी छिन् ।

सारालाई चलचित्र ‘आशिकी ३’बाट प्रस्ताव गएको खबर समेत सार्वजनिक भएको थियो । तर, यो बिषयमा चलचित्रको निर्माणपक्षले केही पनि बताएका छैनन् । बरु, यसको निर्माणपक्षले चलचित्रका लागि अरु नै नायिकाको खोजी गरिरहेको खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *