किन फ्लप भयो अनमोल केसीको ‘छड्के २’ ? (भिडियोसहित)

२१ फागुन २०७९ १५:३९

शुक्रबारदेखि रिलिजमा आएको नायक अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’ बक्स अफिसमा पछारियो । चलचित्र रिलिज भएको ३ दिनमै यसले हलबाट दम तोडेको छ । अर्थात, अबका दिनमा यो चलचित्रलाई हलमा टिक्न सहज छैन ।

किनकी, चलचित्रले सुरुवाती दिनमा पाएका अधिकांश शोजहरु घटेका छन् । चलचित्र हेर्ने दर्शक र समीक्षकले यसलाई निक्कै नै कमजोर भनेका छन् ।

चलचित्रले इनिसियल व्यापार समेत गर्न सकेन । शुक्रबारदेखि नै हलमा दर्शकको उपस्थिती न्यून रहन पुग्यो । ‘छड्के २’ असफल हुनुका केही कारण छन् । यो फ्लप चलचित्रको सिरिज हो । जसकाकारण पनि दर्शकमा चलचित्रप्रति खासै रुची देखिएन ।

च्लचित्रको प्रचारका लागि सार्वजनिक भएका गीत, टिजर र ट्रेलरले दर्शकलाई खासै उत्साहित नै बनाएनन् । जसकाकारण पनि चलचित्र हेर्न हलसम्म दर्शक पुगेनन् ।

चलचित्रको टिजर सार्वजनिक भएसँगै नायक अनमोल केसीको अभिनयको चर्को आलोचना भयो । दर्शकले टिजरलाई मन पराएनन् । जसकाकारण, उनीहरु हलसम्म पुगेनन् । चलचित्रका लागि उपयुक्त गीतसंगीत समेत बजारमा आएन । अर्कोतिर, नायक अनमोल केसी र उनको टिमले समेत चलचित्रको कुनै प्रचार गरेनन् । चलचित्रको प्रचार नै नभएपछि दर्शकसम्म यसको बारेमा कुनै जानकारी नै भएन ।

लभ स्टोरी गेटअपमा सुहाउँदै आएका अनमोललाई उनकै फ्यानहरुले ग्याङस्टार अवतारमा रुचाएनन् । अर्कोतिर, ‘छक्का पन्जा ४’सँग जुध्दा यसप्रति दर्शकको चाहना पनि खासै बढेको देखिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *