बक्स अफिसमा अनमोलको ‘छड्के २’को खराब व्यापार

२० फागुन २०७९ १४:२८

नायक अनमोल केसीका चलचित्रले बक्स अफिसमा बम्पर व्यापार गर्छन् । अझ, इनिसियल व्यापारको कुरा गर्दा त अनमोल सधै अगाडि छन् ।

तर, यसपटक भने अनमोल केसीको करिअरलाई ठूलो धक्का लागेको छ । शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘छड्के २’को व्यापारले अनमोलको करिअरलाई मात्र होइन, अभिनय क्षमतामा समेत प्रश्न उठेको छ ।

नेपाली चलचित्र क्षेत्रमा महंगा नायकको रुपमा रहेका अनमोलले यो चलचित्रबाट ५० लाख पारिश्रमिक लिएको चर्चा थियो । तर, चलचित्रले अनमोल केसीलाई दिएको पारिश्रमिक बराबरको ग्रस कलेक्शन समेत गर्न नसक्ने अवस्था छ ।

शुक्रबार र शनिबार नै चलचित्रको व्यापार निक्कै खराब रहन पुग्यो । चलचित्रले २ दिनमा गरेको व्यापारले पनि अनमोलको स्टारडममाथि गम्भिर प्रश्न उठाउन सकिन्छ ।

यो चलचित्रले दर्शक र समीक्षकको समीक्षा समेत गतिलो पाएन । चलचित्रलाई निगम श्रेष्ठले निक्कै कमजोर बनाएका छन् । निगमले निर्देशन गरेका अघिका २ चलचित्र ‘छड्के र लालपूर्जा’ समेत कमजोर साबित भएका थिए ।

चलचित्र हेर्न अनमोलका फ्यानले समेत रुची देखाएनन् । जसकाकारण, शनिबार नै चलचित्रको शोज घटेको थियो । आइतबारदेखि भने अनमोलको यो चलचित्रको शोज निक्कै कम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *