‘बाहुबली २’को रेकर्ड तोड्दै ‘पठान’ बन्यो सर्वाधिक कमाउने हिन्दी फिल्म

२० फागुन २०७९ ४:०५

चलचित्र ‘पठान’ले ‘बाहुबली २’को रेकर्ड तोडेको छ । चलचित्रले ५११ करोड नेट कलेक्शन गर्दै ‘बाहुबली २’ले हिन्दी भाषामा बनाएको ५१०.९९ करोडको रेकर्ड तोडेको हो । छैटौं साताको शुक्रबार चलचित्रले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको हो । योसँगै ‘पठान’ बक्स अफिसमा सर्वाधिक धेरै कमाई गर्ने हिन्दी भाषाको चलचित्र बनेको छ ।

यो चलचित्रले विश्व बजारबाट १ हजार करोड भन्दा बढी ग्रस कलेक्शन गरिसकेको छ । हिन्दी भाषामा सर्वाधिक कमाउने दोश्रो चलचित्रमा ‘बाहुबली २’, सर्वाधिक कमाउने तेश्रो चलचित्रमा ‘केजीएफ २’, चौथो चलचित्रमा ‘दंगल’ रहेको छ ।
सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको यो चलचित्रमा साहरुख खान, दीपिका पादुकोण, जोन अब्राहिम लगायतका कलाकारको अभिनय छ ।

४ बर्षपछि पर्दामा फर्किएर साहरुखले बक्स अफिसमा नयाँ रेकर्ड मात्र बनाएका छैनन्, बलिउडलाई पनि कमब्याक गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *