‘ज्याकीः आई एम ट्वान्टी वान’मा देखिन्छ धिरजको मिहिनेत

२० फागुन २०७९ ३:५१

चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को टिजर रिलिज गरिएको छ । चलचित्रको फस्टलुक भिडियो र पोष्टर सार्वजनिक गरेपछि रेनशा राई रानाको निर्देशनमा बनेको चलचित्रको टिजरमा नायक धिरज मगरलाई मात्र देखाइएको छ । आफ्नो र बाबुको सपना फरक हुँदा एक छोराले गर्ने संघर्षको कथामा यो चलचित्र बनेको प्रष्ट हुन्छ ।

चलचित्रमा धिरजको साथमा जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रेनशा राई राना र सोमनाथ खनालको संवाद छ । कालिप्रसाद बाँस्कोटा र रोहित शाक्यको संगीत रहेको यो चलचित्रको टिजरमा पनि नायिका जसिता गुरुङलाई देखाइएको छैन । यो चलचित्र आउँदो बर्षको बैशाख २१ गतेबाट रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *