‘प्रसाद २’को ट्रेलरः जातीयता र राजनीतिक कथामा विपिन र केकीको संघर्ष

२० फागुन २०७९ ३:२३

४ बर्ष अगाडिको हिट चलचित्र ‘प्रसाद’को सिक्वेलको रुपमा निर्माण भएको चलचित्र ‘प्रसाद २’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा जातीयताका कारण एक दम्पत्तीले भोग्नु परेको समस्या, बलात्कार जस्तो अपराध र सामाजिक द्धन्द्धको कथालाई उठान गरेको छ ।

यो चलचित्रमा नायक विपिन कार्की, नायिका केकी अधिकारी र कलाकार अर्पण थापा मुख्य भूमिकामा छन् ।

चलचित्रमा महेश त्रिपाठी र कललमणी नेपाललाई पनि देख्न सकिन्छ । राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा सुशिल पौडेलको कथा छ । चलचित्रमा मिलन श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटीको संगीत छ । एसजी फिल्मस्ले सुलभ थापा प्रोडक्शनसँग सहकार्य गर्दै निर्माण गरेको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

चलचित्रमा सुदर्शन बस्नेतको लगानी छ । सुभाष थापाको प्रस्तुतिमा तयार भएको चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै दर्शकमा आशा र अपेक्षा समेत बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *