भिटेनको स्वरमा ‘छड्के २’को ‘छड्के खालास्’ गीत सार्वजनिक

१५ फागुन २०७९ १२:३३

फागुनको १९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छड्के २’को नयाँ गीत सार्वजनिक भएको छ । र्यापर भिटेनले तयार पारेको यो गीतमा चलचित्रका केही दृश्यहरुलाई समावेश गरिएको छ ।

चलचित्रको ‘छड्के खालास्’ बोलको गीतमा भिटेनको स्वर, शब्द र संगीत छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा प्रशान्त गिरी र देव कुमार श्रेष्ठको लगानी छ । चलचित्रको कार्यकारी निर्माता निर्भाना फिल्मस् र लक्ष्मण काफ्ले रहेका छन् ।

यो चलचित्रमा मास्को सिंह र राजेन्द्र सापकोटाको छायांकन, रवि चौधरी र लोकेश बज्राचार्यको सम्पादन, राजकुमार उप्रेतीको एक्सन निर्देशन छ । यो चलचित्रमा अनमोल केसी, रोविन तामाङ, कमलमणी नेपाल, श्रृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर लगायतको अभिनय छ ।

चलचित्रको ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि यसको निर्माणपक्ष उत्साहित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *