साथ दिने सबैलाई धन्यवाद भन्दै पोखरा लागे पल

१५ फागुन २०७९ ७:०६

जिल्ला कारागार, तनहुँबाट रिहा भएलगतै नायक पल शाह पोखरा लागेका छन् । उनले, कारागारबाट बाहिरिदै गर्दा आफूलाई कष्टकर समयमा साथ दिने सबैलाई धन्यवाद मात्र भनेका छन् ।

कारागारबाट निस्कदै गर्दा पल शाह निक्कै खुशी देखिएका थिए । पल आज पोखरातर्फ लागेका छन् । आज एक दिन पोखरामा आराम गरेर उनी भोली मात्र काठमाडौं फर्किनेछन् । पल कालो ज्याकेट लगाएर कारागारबाट बाहिरिएका थिए । कारागार परिसरमा बसेका आफ्ना फ्यानहरुलाई उनले अभिभावदन गरे ।

पल जेलमुक्त हुँदा निक्कै खुशी देखिएका थिए । उनलाई बहिनी रोशनी शाहले गाडीसम्म पुर्याउन साथ दिएकी थिइन् । पल शाहले केही समय आराम गर्नेछन् । यसपछि मात्र उनले काम सुरु गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर