नायक पल शाह रिहा भएका छन् । उनी जिल्ला कारागार, तनहुँबाट आज बिहान रिहा भएका हुन् । उच्च अदालत, पोखराले पललाई आइतबार सफाई दिएको थियो । पललाई उनका आफन्त र साथीहरुले अबिर, माला र खदा लगाएर स्वागत गरेका छन् । पल उक्त समयमा निक्कै खुशी समेत देखिएका छन् ।
पललाई स्वागत गर्न सयौं स्थानीयहरुको भीड कारागार परिसरमा लागेको छ । पल शाह आफूलाई सहयोग गर्नेहरु सबैलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।
एक बर्ष अगाडि आजैको दिन पलले जिल्ला प्रहरी कार्यलय, तनहुँमा आत्मसमर्पण गरेका थिए । उनै, पल एक बर्ष लामो जेल जीवन बिताएर आज रिहा भएका हुन् ।