डेब्यू निर्देशक सुरज पाण्डेको निर्देशनमा तयार भएको चलचित्र ‘परस्त्री’को प्रदर्शन मिति पोष्टपोन्ड गरिएको छ । सुरुवातमा यो चलचित्रलाई फागुणको १९ गतेबाट रिलिज गर्ने तयारी गरिएको थियो । तर, यसको निर्माणपक्षले अब भने चलचित्रलाई आउँदो बर्षको असार १५ गतेबाट रिलिज गर्ने भएको छ । असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाइन्छ ।
बिबाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुलाई यो चलचित्रले उठान गरेको छ । चलचित्रको छायांकन काठमाडौं र मुस्ताङमा गरिएको हो । यो चलचित्रमा दीपेन्द्र के खनाल र शर्मिला पाण्डेको लगानी छ । यो चलचित्रलाई खनालले नै लेखेका हुन् ।
डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रको प्राविधिक काम नसकिएकाले आउँदो बर्षलाई नयाँ प्रदर्शन मिति तय गरिएको निर्मात्री शर्मिला पाण्डेले जानकारी दिइन् ।