उच्च अदालतबाट पललाई सफाई, भोली रिहा हुने(भिडियो)

१४ फागुन २०७९ १३:२१

नायक पल शाहलाई उच्च अदालत, पोखराले सफाई दिएको छ । पलमाथि लागेको अभियोगमा प्रमाण नपुगेको भन्दै उच्च अदालत, पोखराले सफाई दिएको हो । न्यायधीश डिल्लिराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोगमा दाबी नपुगेको भन्दै पल शाहलाई सफाई दिएको हो । सफाई पाएसँगै पल शाह भोली कारागार मुक्त हुनेछन् । पलका म्यानेजर कृष्ण जोशीका अनुसार, उनी भोली मध्यान्नसम्म रिहाई हुनेछन् ।

पल शाहले सबै अभियोगबाट पूर्ण सफाई पाएका छन् र उनी भोली रिहा हुनेछन् । पललाई जिल्ला अदालत, नवलपरासीले बाल यौन दुरुपयोगको आरोपमा साढे २ बर्ष केद सजायँ र पीडितलाई १० लाख क्षतीपूर्ती दिनुपर्ने फैसला सुनाएको थियो ।

पलका वकिलले जिल्ला अदालत, नवलपरासीको फैसलाविरुद्ध उच्च अदालत, पोखरामा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा आज फैसला गर्दै पललाई सफाई दिइएको हो । पललाई जिल्ला अदालत तनहुँले केही हप्ता अगाडि नै सफाई दिइसकेको थियो । यसैले पनि, पल शाहले सबै अभियोगबाट सफाई पाएका हुन् ।

एक नाबालिका गायिकाले बलात्कार गरेको आरोप लगाउँदै पलविरुद्ध जिल्ला अदालत तनहुँमा उजुरी दिएकी थिइन् । यसपछि पलले गतबर्षको फागुण १५ गते जिल्ला प्रहरी कार्यलय, तनहुँमा आत्मसमर्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर