‘छड्के २’को ट्रेलरमा अनमोल केसीको एङ्ग्री अवतार

१० फागुन २०७९ १५:२७

फागुणको १९ गते नायक अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’ रिलिज हुँदैछ । यो चलचित्रको ट्रेलरलाई लिएर दर्शकमा उत्साह पनि थियो । टिजरले निराश बनाएकाले पनि ट्रेलर सबैका लागि प्रतिक्षामा थियो ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रलाई ग्याङस्टारको कथामा निर्माण गरिएको छ । अनमोल केसीको टिजरका केही दृश्यले आलोचना भएको थियो । तर, ट्रेलरमा भने उनको अभिनय परिपक्क देखिएको छ ।

चलचित्रमा देव कुमार श्रेष्ठ र प्रशान्त गिरीको लगानी छ । निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले कार्यकारी निर्माता रहेको चलचित्रमा मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन, रवि चौधरी र लोकेशन बज्राचार्यको सम्पादन, राजकुमार उप्रेतीको एक्सन छ ।

चलचित्रमा अनमोलको साथमा रोविन तामाङ, कमलमणी नेपाल, श्रृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको ट्रेलर हेर्दा अनमोलले अभिनयदेखि एक्सनमा आफूलाई निखारेका छन् । यो चलचित्रले इनिसियल व्यापार सुखद गर्ने धेरैको आशा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *