पलको जन्मदिनमा कारागार पुगेर पूजाले काटिन् केक (भिडियो)

१० फागुन २०७९ १२:५१

नायक पल शाहको जन्मदिनको अवसर पारेर आज नायिका पूजा शर्मा जिल्ला कारागार, तनहुँ पुगेकी छिन् । आज बिहान तनहुँ, कारागार पुगेर पूजाले पलसँगै केक काटिन् ।

पललाई भेट्न पूजा निर्देशक शोभित बस्नेत र प्रेमी युद्ध बानियाँको साथमा तनहुँ पुगेकी थिइन् । उनले, ‘ह्याप्पी बर्थ डे साथी’ लेखिएको केक कारागार भित्रै गएर काटेकी थिइन् ।

सो अवसरमा पलसँग पूजा, शोभित र युद्धले छुट्टै कोठामा भेटेका थिए । यसअघि पललाई भेट्न पुग्ने जोकोहीले पनि उनीसँग तारजालीको बारको वारी रहेर कुराकानी गर्नुपथ्र्यो ।

पूजाले केक लिएर पुग्दा पल खुशी देखिएका थिए । उनले, उच्च अदालत, पोखराबाट न्याय पाउने आशा व्यक्त गरेको पूजाले हाम्रो सिनेमालाई जानकारी दिइन् । फागुणको १० गते जन्मिएका नायक पल शाहले यसअघि आफ्नो जन्मदिन फ्यान, फिल्मीकर्मी र परिवारसँग मनाएका थिए ।

तर, यसपटक कारागारमा रहेकाले पलले पूजासँग मात्र जन्मदिन मनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *