‘बिहे पास’को टिजरमा लोकसेवाका लागि दयाको दौडधुप, प्रकृतिको असन्तुष्टी

१० फागुन २०७९ १२:२६

नायक दयाहाङ राइले लोकसेवा परिक्षा पास गर्नका लागि गरेको दौडधुपको दृश्य समावेश गर्दै बैशाख १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बिहे पास’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रमा दयाको साथमा नायिका प्रकृति श्रेष्ठको मुख्य भूमिका छ । यो चलचित्रमा शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झा, श्याम राई, विशाल हपारी, सुभाष गजुरेल, हिउवाला गौतमको पनि अभिनय छ ।

प्रवेश पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा रोजन कट्टेलको लगानी छ । चलचित्रका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । रोहित कट्टेलको प्रस्तुतिमा तयार भएको चलचित्रमा ग्याल्गेन लामा र बालकृष्ण पाख्रिन सह–निर्माताको रुपमा छन् ।

चलचित्रमा शिव ढकालको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, मुर्रे केर, आकाश बराल र संजय काफ्लेको कथा, आकाश र संजयको पटकथा, समिर मियाँको भीएफएक्स, प्रवेश मलिकको संगीत, मित्र डी गुरुङको सम्पादन छ ।

चलचित्रको टिजरसँगै यसलाई लिएर दर्शकको आकर्षण बढ्ने पनि निश्चित छ । टिजरमा दया र प्रकृतिको बिहेको दृश्य समेत समावेश छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर