राज र श्रद्धाको रोमान्समा अर्जुन पोखरेलको ‘मेसो मिलाएर’

१० फागुन २०७९ १२:११

गायक निशान भट्टराई र गायिका अस्मिता अधिकारीको स्वरमा समावेश ‘मेसो मिलाएर’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत र गीतकार दिग्गज धौरालीको शब्द छ । गीतको शब्द दर्शकको मुखमा झुन्डिने खालको छ । यसका केही लाइनहरु टिकटकमा चर्चामा आउन सक्छन् ।

गीतले यूवायूवतीबिचको प्रेमील वार्तालापलाई प्रस्तुत गरेको छ । यो गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले भिडियोलाई गीतको भाव अनुसार नै तयार पारेका छन् ।

भिडियोमा नायक राज कटुवाल र नायिका श्रद्धा क्षेत्रीको प्रेम र रोमान्स हेर्न सकिन्छ । आकर्षक लोकेशनमा माइकलले भिडियोलाई रंगीन बनाएका छन् । भिडियोमा राज र श्रद्धाको जोडी पनि गज्जबको सुहाएको छ । राज नयाँ फिल्म ‘राजा’को तयारीमा छन् भने श्रद्धाले अभिनय गरेको फिल्म ‘कृष्णलीला’ भदौमा रिलिज भएको थियो ।

उत्सव दाहालको छायांकन रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा बेगबहादुर क्षेत्री, सुन्दर कार्की र दीपा थापा कार्कीको पनि अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *