साहरुखसँग ‘जवान’मा अल्लु अर्जुन

१ फागुन २०७९ १५:३३

हलमा रिलिज भैरहेको चलचित्र ‘जवान’ले बक्स अफिसमा सुनामी नै ल्याएपछि नायक साहरुख खान उत्साहित भएका छन् । विगत केही बर्षदेखि निरन्तर असफल चलचित्र दिएका साहरुखले यो बर्षको सुरुवातमै बलिउडमा हलचल नै ल्याइदिएका छन् ।

यो चलचित्रले बम्पर कमाई गरिरहँदा साहरुख भने नयाँ चलचित्र ‘जवान’को छायांकनमा व्यस्त भैसकेका छन् । साहरुखको यो चलचित्र जुनको २ तारिखबाट रिलिज हुँदैछ ।

यो चलचित्रको छायांकनको काम चलिरहेको छ । चलचित्रलाई साउथका सुपरहिट निर्देशक एट्लीले निर्देशन गरिरहेका छन् । यस्तै, चलचित्रमा साहरुखको साथमा साउथका सुपरस्टारहरु नायिका नयनतारा, कलाकार विजय सेतुपतिले काम गरिरहेका छन् ।

यसैबिच, यो चलचित्रमा केमियो भूमिकाका लागि एट्लीले साउथका सुपरस्टार नायक अल्लु अर्जुनलाई अफर गरेको खबर बाहिरिएको छ । एट्लीले अफर गरेपनि अल्लुले अहिलेसम्म पक्का गरिसकेका छैनन् ।

चलचित्रमा साउथका सुपरस्टार थलापति विजयको पनि केमियो भूमिका रहेको चर्चा चलिरहेको छ ।अल्लु अर्जुनले पनि यो चलचित्रमा काम गरेपनि साउथ बजारमा चलचित्रले बम्पर व्यापार गर्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *