‘जिम्मु झानेर’मा आकाशसँग गृष्माको प्रेम

१ फागुन २०७९ १५:२६

गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘जिम्बु झानेर’को भिडियो सार्वजनिक गरिएको छ । भ्यालेन्टाईन विक चलिरहेको सन्दर्भमा प्रेमीहरुलाई लक्षित गरी भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा निरज सिग्देलको शब्द रचना रहेको छ भने शिखर सन्तोषको संगीत रहेको छ । भिडियोमा अभिनेता आकाश श्रेष्ठ र नव मोडल गृष्मा तामांगको अभिनय छ । सार्वजनिक भिडियोकी निर्देशक दीपा शाक्य हुन् ।

गीत रिलिज कार्यक्रममा गायक ढकालले नव मोडल तामांगको प्रशंसा गरे । उनले चर्चित अभिनेता आकाश श्रेष्ठलाई नै टक्कर दिएर अभिनय तथा नृत्य गरेको बताए । ढकालले आफु अझै पूर्ण गायक नबनिसकेको बताउँदै आफुले गायनमा निरन्तरता मात्र दिएको बताए । सानै उमेरदेखि गायन यात्रा सुरू गरेका ढकालले लगभग पाँच हजार गीतमा स्वर दिएका छन् ।

भिडियोका छायाँकार उत्तम हुमागाईं हुन् भने सम्पादक अमृत चापागाईं हुन् । भिडियोको छायांकन कास्की जिल्लाको घान्द्रुक र पोखरामा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *