‘बहाव’को फस्टलुकमा पिँजडामा थुनिएको सुगासँगै सुरक्षा

१ फागुन २०७९ १५:२१

नायिका सुरक्षा पन्त र कलाकार कमलमणि नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘बहाव’ फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । स्वर्णिम इन्टरटेन्मेन्ट र योङ स्टार सिनेमाको प्रस्तुतिमा तयार भएको यो चलचित्र चैत्रको २४ गतेबाट रिलिज हुने भएको छ ।

प्रमोद कँडेलको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको फस्टलुकमा नायिका सुरक्षा पन्तलाई पिँजडामा थुनिएको सुगासँगै देखाइएको छ । यसलै, सुगाको बन्द जीवनलाई सुरक्षाको जीवनसँग तुलना गर्न खोजेको प्रष्ट हुन्छ ।

यो चलचित्रको बिषयवस्तु जिज्ञासा, विचार र यथार्थमा आधारित रहेको निर्माणपक्षले बताएको छ । चलचित्रका निर्देशक कँडेलले नयाँ चिजको खोजीमा भैरहेको अवस्थाको विद्रोहको कथामा यो चलचित्र बनाएको बताए । नायिका सुरक्षा पन्तले चलचित्रको बिषयमा भनिन्–‘जिज्ञासाका साथ जीवन जिउने व्यक्ति विभिन्न उतारचढावका परिस्थितीहरुबाट गुज्रिएको अवस्थामा त्यसबाट अघि बढ्दा आउने हलचललाई कसरी सन्तुलित रुपमा अगाडि बढाउन सकिन्छ भन्ने कथालाई चलचित्रमा देखाइएको छ ।’

श्रीधर पौडेलको निर्माणमा तयार भएको चलचित्रमा अफरानी अली, सूर्य शर्मा भट्ट, इश्वरी सिंह, हिरालाल कँडेल, पवन श्रेष्ठ लगायतको अभिनय छ । सुजन वडालको सम्पादन रहेको चलचित्रमा बसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत, कार्तिकेय स्मिता कर्नाटकको छायांकन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *