बक्स अफिसमा ‘पठान’को रफ्तार उस्तै, ५ सय करोड कमाउने पक्का

१ फागुन २०७९ ८:१६

बलिउड नायक साहरुख खानको ४ बर्षपछिको कमब्याक चलचित्र ‘पठान’ले बक्स अफिसमा बम्पर व्यापार गरिरहेको छ । तेश्रो साताको विकेन्डमा समेत चलचित्रको व्यापार ३० करोड नजिक भएपछि यसको व्यापारको रफ्तार रोकिएको छैन ।

चलचित्रले तेश्रो साताको शुक्रबार ५.७५ करोड, शनिबार ११ करोड र आइतबार १२.६० करोडको व्यापार गर्यो । योसँगै चलचित्रको हिन्दी भाषाको मात्र भारतमा व्यापार ४७१.८५ करोड पुगेको छ । चलचित्रले अन्य दुई भाषामा १७.२० करोडको व्यापार गर्यो । चलचित्रले भारतबाट नेट कलेक्शन भने ४८९.०५ करोड गरेको छ । योसँगै यो चलचित्र ५ सय करोड क्लबमा पुग्ने पक्का देखिएको छ ।

बलिउडमा ४ सय करोडको क्लब खोलेका साहरुखले ५ सय करोडको क्लब पनि सुरु गर्ने पक्का भएको छ । चलचित्रले यो साता ५ सय करोडको आँकडा छुने आँकलन गरिएको छ । अर्को शुक्रबारदेखि नयाँ बलिउड र हलिउड चलचित्र रिलिज हुने भएकाले पनि यसको व्यापारको रफ्तार कम हुनेछ ।

चलचित्रले हिन्दी भाषामा ‘बाहुबली २’ले कमाएको ५११ करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको चलचित्रमा दीपिका पादुकोण, जोन अब्राहिमको पनि मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *