प्रेम दिवसमा ‘नौलो खुशी’को साथमा आए देबेश

२९ माघ २०७९ ११:०९

गायक, संगीतकार तथा एरेञ्जर देबेश राईको ‘नौलो खुसी’ बोलको गीत सार्वजनिक भएको छ । कवि तथा गीतकार प्रकाश आङ्देम्बेको शब्द रहेको गीतमा देबेशको संगीत, स्वर तथा एरेञ्ज रहेको छ । यो गीत देबेश ससिका युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गायिका ससिका राईको निर्देशन रहेको म्युजिक भिडियोपनि तारिफ योग्य बनेको छ । गीतकार प्रकाशको प्रेमिल शब्द अनुसारको म्युजिक भिडियो बनेको छ । यस म्युजिक भिडियोमा देबेश र आईशा कार्कीको अभिनय छ ।

म्युजिक भिडियोमा ससिकाले देबेश र आईशाको जोडीलाई जमाउन सफल भएकी छिन् । यस म्युजिक भिडियोमा इशक जबेगुको छायांकन तथा सम्पादन छ । प्रेम दिवसको अवसर पारेर देबेशले यो गीत सार्वजनिक गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *