करणको ‘चङ्गा’मा दयाहाङ

२९ माघ २०७९ ११:०७

‘द भ्वाईस अफ नेपाल सिजन ४’ बिजेता बनेपछि गायक करण राईले पहिलो अफिसियल म्युजिक भिडियो ‘चङ्गा’ सार्वजनिक गरेका छन् । म्युजिक भिडियोमा नायक अभिनेता दयाहाङ राईको अभिनय देख्न सकिन्छ ।

करण ‘द भ्वाईस अफ नेपाल सिजन ४’मा सहभागी हुनु भन्दा अगाडिसार्वजनिक गरिएको ‘द काईट्स’ एल्बममा समावेश गीत ‘चङ्गा’ गीतको शब्द निर्देशक, कवि तथा गीतकार प्रकाश आङ्देम्बेको शब्द रहेको छ । देबेश राईको संगीत रहेको यस गीतमा मिक्सिङ, मास्टरिङपनि देबेशकै रहेको छ ।

गीतको शब्दको भाव अनुसार बनेको म्युजिक भिडियोलाई अनिल सुब्बाले निर्देशन गरेका छन् । भिडियोमा अभिनेता दयाहाङसंगै अशिम सुब्बा, संगीता थापा लगायत कलाकारहरुको अभिनय रहेको छ । म्युजिक भिडियोमा दयाहाङसंग करणपनि देखिएका छन् । दयाहाङसँगको यो सहकार्य दर्शकहरुका लागी उपहार स्वरुप ल्याएको करणले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *