अस्मिता र भिष्मको ‘अम्खरामा पानी’ सार्वजनिक

२९ माघ २०७९ ११:०३

गायिका अस्मिता अधिकारी र गायक भिष्म अधिकारीको स्वर रहेको ‘अम्खरामा पानी’ बोलको गीतको भिडियो रिलिज भएको छ । हाल अमेरिकामा रहेका पर्वतको कुश्मा स्थायी घर भएका गायक भिष्मको जन्मस्थलको रमाइलो लोकेशनमा छायांकन गरिएको हो । सार्वजनिक गीतको अधिकांश दृश्यहरु गायक भिष्मकै जन्मघरमा छायांकन गरिएका छन् ।

पछिल्ला दिनमा पर्यटकीय गन्तब्य बन्दै गएको नेपालकै अग्लो पुलमा समेत पुगेर छायांकन गरिएको भिडियोमा टिकटकबाट चर्चामा आएका दुई जोडी सुधिर श्रेष्ठ , लोसिना लामिछाने र लोमश शर्मा, स्मारिका ढकालको बेजोड अभिनय देख्न सकिन्छ । मोदीखोला माथि छायांकन गरिएको गरिएको भिडियोमा सुधिर, लोसिना, लोमश र स्मारिकालाई निर्देशक रामजी लामिछानेले गज्जबसँग नचाएका छन् ।

निर्देशक लामिछानेकै कोरियोग्राफी रहेको लोक शैलीको सार्वजनिक गीतमा तेजश रेग्मीको शब्द, संगीत रहेको गीत दर्शक श्रोतालाई छमछम नचाउने खालको छ । मन कृष्ण मर्हजनको छायांकन तथा बन्दे प्रसादले सम्पादन रहेको सार्वजनिक गीतको निर्मात्री सिमा रेग्मी हुन् ।

बाल्यकालदेखि नै गीत, संगीत र साहित्यमा पनि विशेष रुची राख्दै आएका गायक भिष्म पेशाले भने स्ट्रक्चरल इन्जिनियर र व्यवसायी हुन् । गायक भिष्मले यसअघि आफ्नै शब्दमा ‘माया टिकटके’ बोलको भिडियो बजारमा ल्याइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *