रानीको ‘उड्यो मन’मा स्मारिका र आभाको चञ्चलता

२९ माघ २०७९ १०:०२

गायिका रानी शाक्यको स्वरमा नयाँ गीत ‘उड्यो मन’ सार्वजनिक भएको छ । रानीको अफिसियल युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरिएको हो । यो गीतमा रानीको स्वर, राजकुमार बगरको शब्द तथा संगीत छ । गीतले जिन्दगीलाई उडेर, रमाएर जिउन आग्रह गरेको छ ।

गीतको भाव जस्तै निर्देशक तथा कोरियोग्राफर रामजी लामिछानेले पनि भिडियो तयार पारेका छन ।

भिडियोमा मोडलद्धय स्मारिका ढकाल र आभा थापाको नृत्य हेर्न सकिन्छ । भिडियोमा उनीहरु, कुनै संकोच विना चञ्चल तरिकाले जीवन अगाडि बढाइरहेका छन् ।

भिडियोमा मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको छायांकन छ । गायिका रानीले यो गीतबाट आफूले यूवतीहरुलाई कुनै तनावविना रमाएर जिन्दगी जिउन आग्रह गरेको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *