‘प्रेमा’को टिजरमा अरुण र शुभेक्क्षाको प्रेममा श्रृष्टीको प्रवेश

२७ माघ २०७९ ११:०३

निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘प्रेमा’ चैत्रको १७ गतेबाट रिलिज हुँदैछ । चलचित्र रिलिजको डेढ महिना बाँकी रहँदा यसको निर्माणपक्षले टिजर सार्वजनिक गरेको छ । चलचित्रको टिजरमा मुख्य तीन कलाकारहरु शुभेक्क्षा खड्का, श्रृष्टी श्रेष्ठ र अरुण क्षेत्रीलाई फिचरिङ गरिएको छ ।

चलचित्रको टिजरमा अरुण र शुभेक्क्षाको प्रेम देखाइएको छ । जहाँ, नायिका श्रृष्टी श्रेष्ठको प्रवेश भएपछि आउने बदलाव पनि हेर्न सकिन्छ । चलचित्रको शिर्ष भूमिकामा नायिका खड्काले काम गरेकी छिन् ।

चलचित्रमा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया लगायतको पनि अभिनय छ । काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको चलचित्रमा गोविन्द सिंह भण्डारी र विवेक घिमिरेको लगानी छ । सामर्थविक्रम थापा कार्यकारी निर्माता रहेको चलचित्रमा सुशान्त गौतमको संगीत, कृष्ण भण्डारीको सम्पादन, महेश पौडेलको डीओपी छ ।

चलचित्र ‘महापुरुष’ सुपरहिट भएपछि चर्चामा आएका अरुणले पहिलो पटक ‘प्रेमा’लाई होल्ड गरेका छन् । शुभेक्क्षा चलचित्रमा साधारण यूवतीको भूमिकामा छिन् भने श्रृष्टीलाई शहरीया यूवतीको भूमिकामा देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *