सुरक्षा र नरेनको ‘बुलाकी’को शक्तिशाली टिजर

२७ माघ २०७९ १०:५०

टोपेन्द्र बिष्टको निर्माण तथा लक्ष्मण सुनारको निर्देशनमा तयार भएको चलचित्र ‘बुलाकी’को टिजर सार्वजनिक भएको छ । वैशाखको १ गतेबाट रिलिज हुने चलचित्रको टिजर शक्तिशाली छ । चलचित्रमा नायिका सुरक्षा पन्त, नायक नरेन खड्काको साथमा विराज बिष्टको मुख्य भूमिका छ ।

चलचित्रमा श्रीकृष्ण बम मल्ल, गोविन्द मधुर आचार्य, बादल थापा, सुविन सेन्चुरीको संगीत, राज बहादुर सानेको कथा, राजबहादुर साने, लक्ष्मण सुनार, निर्मल पौडेल र बिराज बिष्टको पटकथा तथा संवाद छ । शिव ढकालको छायांकन, अर्जुन जीसी र लक्ष्मण सुनारको सम्पादन रहेको यो चलचित्रमा सुरक्षा र नरेनको शक्तिशाली भूमिका रहेको देख्न सकिन्छ ।

टिजर सार्वजनिक भएसँगै यो चलचित्रले दर्शकमा कौतुहलता पनि बढाउने पक्का छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लिको ब्यानरमा यो चलचित्र बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *