पूजाका लागि साहरुख ‘भगवान्’

२७ माघ २०७९ १०:३८

नायिका पूजा शर्माको बलिउड नायक साहरुख खानप्रतिको माया र क्रेज सधैजसो देखिन्छ । अझ, साहरुखको जन्मदिन र उनको चलचित्र रिलिज हुँदा त पूजाको क्रेज अझै बढ्छ । साहरुख अभिनित चलचित्र ‘पठान’को फस्ट डे शोमा फ्यानहरुसँग चलचित्र हेर्दै केक काटेपछि पूजाको आलोचना भएको थियो ।

तर, यसको जवाफ दिदै पूजाले साहरुख आफ्ना लागि ‘भगवान्’ नै भएको बताएकी छिन् । आज चलचित्र ‘मनसँग मन’ हेर्न पुगेकी पूजाले मिडियाकर्मीको प्रश्नमा साहरुख खानकै कारण आज आफू यो क्षेत्रमा आएको तर्क गरिन् । उनले भनिन्–‘जसकाकारण म यो क्षेत्रमा आएँ, जसलाई हेरेर नै म आफ्ना दुःख विर्सन्छु, उनी मेरो लागि भगवान्कै स्थानमा छन् । म आफ्नो चलचित्रको सुरुवात गर्दा साहरुखसँग आशिश माग्छु । कुनै पनि कलाकारको धर्म, जात, भाषा र देश हुँदैन । म सबै कलाकारको लागि केक काट्न पुगेको भए पो मेरो आलोचना गर्न सुहाउँछ । एक जना कलाकारका लागि मेरो प्रेम हुनु नौलो कुरा होइन ।’

पूजाले साहरुख खान जस्तो मिहिनेत गरेर देखाउन सबैलाई चुनौती समेत दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *