प्रदीपले साइन गरे ‘एक्स ९’

२७ माघ २०७९ १०:२७

एक्सनप्रधान चलचित्र ‘एक्स ९’मा नायक प्रदीप खड्का अनुबन्धित भएका छन् । केही दिन अगाडि प्रदीपले यो चलचित्र साइन गरेको वुझिएको छ ।

यो कुराको पुष्टी प्रदीपले आफै गरेका छन् । भारतको एक मन्दीरमा यही चलचित्रका लागि प्रदीपले निर्देशक मुकुन्द भट्टसँग मिलेर पुजा गरेको वुझिएको छ । यो चलचित्रमा यसअघि नायक अनमोल केसी फाइनल थिए । अनमोलले चलचित्रका लागि शरीर समेत बनाएका थिए ।

तर, संझौता अवधी सकिएपछि अनमोलले चलचित्रको पेश्की रकम समेत फिर्ता गर्दै काम नगर्ने बताएका थिए । मुकुन्दको यो चलचित्रमा सौगात मल्ल, पुष्प खड्का, नीति शाह लगायतका कलाकार फाइनल छन् ।

चलचित्रका लागि बलिउडका एक कलाकारसँग पनि कुरा भैरहेको बताइएको छ । चलचित्रलाई अष्ट्रेलिया र यूरोपका विभिन्न देशमा खिच्ने तयारी निर्माणपक्षको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *