तेज र प्रमिलाको ‘हुक्का’ चैत्र ३ बाट रिलिज हुने

२७ माघ २०७९ १०:२१

चलचित्र ‘हुक्का’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्रको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको हो । स्पाइनी बाबलर क्रियसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको यो चलचित्र चैत्रको ३ गतेबाट रिलिज हुने भएको छ ।

चलचित्रलाई शम्भु थापाले निर्देशन गरेका हुन् । चलचित्रको फस्टलुकमा मुख्य कलाकारहरु प्रमिला खनाल, प्रकाश घिमिरे, तेज गिरीलाई देखाइएको छ । चलचित्रमा अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिसा विक र सन्तोषकुमार आत्रेयको पनि अभिनय हेर्न सकिन्छ ।

यो चलचित्रमा प्रयत्न श्रेष्ठको शब्द तथा संगीत, सन्तोषकुमार आत्रेयको कथा, सन्तोष र भगवान् पौडेलको पटकथा, बिष्णुप्रसाद बास्तोलाको भीएफएक्स, दीर्घ खड्काको सम्पादन, कृष्णबहादुर थापाको छायांकन छ । पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको चलचित्रमा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता तथा रेश्मा प्रधान सह निर्माता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *