‘मनसँग मन’ हेरेर पुष्प र पुजाले के भने ?(भिडियो)

२७ माघ २०७९ १०:००

आजदेखि देशभर रिलिज भएको चलचित्र ‘मनसँग मन’को विशेष शो काठमाडौंको वान सिनेमाज्मा आयोजना गरिएको छ । कैलाश राइको निर्देशनमा अरुण तामाङले निर्माण गरेको यो चलचित्र हेर्न नायिका पुजा शर्मा, निर्देशक सुदर्शन थापा हल पुगेका थिए ।

यस्तै, चलचित्रका नायक पुष्प खड्का पनि वान सिनेमाज्मा पुगेका थिए । चलचित्र हेरेपछि नायिका पुजा शर्माले नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीको भूमिका मन परेको बताइन् । यस्तै, उनले पुष्प र वर्षाको क्लाइमेक्सको एक्सनलाई पनि रुचाएको बताइन् । चलचित्रले नेपाल र दार्जिलिङमा बस्ने नेपाली भाषीहरुको मनलाई जोड्ने काम गरेको पुजाको भनाई थियो ।

यस्तै, चलचित्रका नायक पुष्प खड्काले पनि यो चलचित्रले दर्शकसँग मन जोड्न सफल हुने विश्वास व्यक्त गरे । उनले भने–‘चलचित्रले दिन खोजेको सन्देश राम्रो छ । नेपालीहरु जहाँ रहेपनि भावना जोडिने सन्देश राम्रो छ ।’

सौरभ लामाको छायांकनमा तयार भएको यो चलचित्रले मल्टिप्लेक्समा राम्रो शोज पाएको छ । चलचित्रका निर्देशक कैलाश राईले पनि आफूले उठान गरेको बिषयले दर्शकको मन छुने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *