सुरु भयो ‘भगवत् गीता’को छायांकन

२७ माघ २०७९ ५:५८

अन्ततः चलचित्र ‘भगवत् गीता’को छायांकन सुरु गरिएको छ । यो चलचित्रको छायांकन जनकपुरको राम मन्दीरमा पुजा गर्दै सुरु गरिएको हो । सुनिलकुमार थापाको निर्माणमा तयार हुन लागेको चलचित्रलाई झरना थापाले निर्देशन गर्दैछिन् ।

चलचित्र ‘भगवत् गीता’मा नायक विपिन कार्की, धिरज मगर र सुहाना थापा मुख्य भूमिकामा छन् । चलचित्रको शुभसाइत समारोहमा सबै कलाकार उपस्थित थिए ।

चलचित्रको जनकपुरमा २० दिन छायांकन गरिने निर्माता सुनिल कुमार थापाले जानकारी दिए । उनका अनुसार, २ दिन चलचित्रको दृश्य खिचेर बाँकी दिन क्लाइमेक्सको छायांकन गरिनेछ ।

नायक विपिन कार्कीको चलचित्रमा विशेष भूमिका छ । यो चलचित्रलाई वैशाखको १ गतेबाट रिलिज गर्ने बताइपनि अब भने निर्धारित समयमा छायांकन प्रारम्भ नहुने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *