पाँच तारेमा मुस्कुराएकी पूजा

२६ माघ २०७९ १६:००

काठमाडौंको पाँच तारे होटल सोल्टी क्राउन प्लाजामा आज ‘११ औं नेफ्टा फिल्म अवार्ड’को घोषणा गरियो । जेठमा अमेरिकाको टेक्ससमा आयोजना हुने अवार्ड समारोहको घोषणा कार्यक्रम भव्य थियो । उक्त, कार्यक्रममा नायिका पूजा शर्मा पनि पुगेकी थिइन् ।

कार्यक्रममा ढिलो पुगेकी पूजा आकर्षक देखिएकी थिइन् । फोटोग्राफरसँग तस्वीर खिचाउन रमाउने पूजाले समय दिएर तस्वीर खिचाइन् । नेफ्टासँग आफ्नो विशेष सम्बन्ध रहेको सधै नै आफू नेफ्टा अवार्डको साथमा रहेको पूजाको भनाई थियो ।

यो बर्ष पूजाले अभिनय गरेका २ फिल्म ‘संझना विर्सना र सम्हालिन्छ कहिले मन’ रिलिज भएका थिए । यसैले, पूजा पनि ११ औं नेफ्टा अवार्डको दरिलो प्रतिस्पर्धी हुन् ।

तस्वीर र भिडियोः सरोज मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *