नयाँ फिल्मका लागि प्रदीपको ग्रहशान्ती पूजा

२६ माघ २०७९ १२:२७

नायक प्रदीप खड्का यो बर्ष २ वटा चलचित्र ‘प्रकाश र प्रेमगीत ३’ मार्फत दर्शकमाझ आए । ‘प्रकाश’ बक्स अफिसमा असफल हुँदा ‘प्रेमगीत ३’ चल्यो ।

उनै, प्रदीप अब नयाँ चलचित्र ‘कामिनो’को छायांकन चैत्रको तेश्रो साताबाट सुरु गर्दैछन् । तर, यो चलचित्रको छायांकन सुरु गर्नु अगाडि उनले ग्रहशान्ती पूजा भारत पुगेर गरेका छन् ।

भारतको त्रयम्बकेश्वर मन्दीरमा धोती र गम्सा भिरेर उनले पूजा गरेको देख्न सकिन्छ । प्रदीपले सामाजिक संजालमा शेयर गरेको भिडियोमा पनि चलचित्रको छायांकन सुरु हुनु अगाडि पूजा गरेको उल्लेख गरेका छन् । यसकारण, पनि दीपक वलीको निर्देशनमा बन्न लागेको यो चलचित्र प्रदीपका लागि महत्वकांक्षी रहेको वुझ्न सकिन्छ ।

चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद छ । सुनिल बिष्ट कार्यकारी निर्माता रहेको चलचित्रमा सौरभ लामाको छायांकन, एसडी योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको एक्सन रहनेछ । चलचित्रमा नायिका वर्षा सिवाकोटी पनि फाइनल भैसकेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *