बिहेपछि मिडियामाझ यसरी प्रस्तुत भए सिद्धार्थ र कियारा

२५ माघ २०७९ १५:४१

बलिउडको चर्चित जोडी नायक सिद्धार्थ मल्होत्रा र नायिका कियारा आडवाणीले मंगलबार बिहे गरे । मिडिया र आम मानिसहरुलाई निक्कै नै कडाई गरिएको बिहेको तस्वीर कियारा र सिद्धार्थले एकसाथ सार्वजनिक गरेका थिए ।

तर, बिहेपछि कियारा र सिद्धार्थ पहिलो पटक मिडियासामु प्रस्तुत भएका छन् । मुम्बई एयरपोर्टमा यी दुई एकसाथ देखिएका हुन् । कियाराको सिउँदोमा सिन्दुर देखिएको थियो । सिद्धार्थले कारको ढोका खोल्दै कियाराको हात समातेर मिडियासामु प्रस्तुत भएका थिए ।

दुबैले फ्यान र मिडियालाई अभिवादन गरे । उनीहरुले जैसलमेरको सूर्य गढ प्यालेसमा बिहे गरेका हुन् । बैबाहिक जीवनमा सहभागी हुनका लागि केही बलिउडकर्मी जैसलमेर पुगेका थिए । कियारा र सिद्धार्थ बैबाहिक समारोहमा निक्कै खुशी देखिएका थिए । उनीहरुले एक अर्कालाई चुम्बन गरेको तस्वीर समेत सार्वजनिक भएको छ ।

बिहेपछि सिद्धार्थ र कियारा मुम्बइको नयाँ घरमा सर्दैछन् । जसको मुल्य ७० करोड रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *