‘मनसँग मन’को बुकिङ खुल्यो, के तपाइले टिकट लिनुभयो ?

२५ माघ २०७९ १५:२६

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘मनसँग मन’को आजबाट बुकिङ खुलेको छ । देशभरका सबैजसो मल्टिप्लेक्सले चलचित्रको बुकिङ खोलेका हुन् । चलचित्रले औषत शोजहरु पाएको छ । कैलाश राइको निर्देशनमा तयार भएको यो चलचित्रमा अरुण तामाङको लगानी छ । चलचित्रमा सौरभ लामाको छायांकन छ ।

यो चलचित्रमा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि तामाङको साथमा नायक पल शाह र नायिका पूजा शर्माले विशेष भूमिकामा अभिनय गरेका छन् ।

चलचित्रलाई देशकै ठूलो चेन क्यूएफएक्सले १४ शोज दिएको छ । यस्तै, चलचित्रले अन्य मल्टिप्लेक्समा पनि राम्रो शोज पाएको छ ।

यो चलचित्रले नेपाल र दार्जिलिङको कथा भन्ने यसको निर्माणपक्षले बताउँदै आएको छ । भारतका विभिन्न ठाउँमा विशेष प्रदर्शन गरिएको चलचित्रलाई दर्शकले पनि रुचाएका थिए । यसैले, नेपाली दर्शकले पनि यो चलचित्रलाई माया गर्ने अपेक्षा निर्माणपक्षको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *