ब्रम्हानन्दमसँग नीता

२५ माघ २०७९ १५:१८

चन्द्र पन्तको निर्देशनमा भारतको रामोजी स्टोडियोमा छायांकन भैरहेको चलचित्र ‘ह्रस्व दीर्घ’मा केही साउथका कलाकारको समेत अभिनय छ । विशेषगरि, साउथका अधिकांश चलचित्रमा देखिदै आएका कलाकार ब्रम्हानन्दमले पनि यो चलचित्रमा अभिनय गरिरहेका छन् ।

यो चलचित्रकी निर्मात्री तथा नायिका नीता ढुंगानाले ब्रम्हानन्दमसँगको तस्वीर सार्वजनिक गरेकी छिन् । यस्तै, चलचित्रमा साउथ चलचित्रकै चर्चित कलाकार अली पनि छन् । रामोजी फिल्मस्को ताजमहलमा चलचित्रको छायांकन भैरहेको छ र सेटबाट दैनिक तस्वीर र भिडियो सार्वजनिक भैरहेका छन् ।

नीता फिल्मस्को ब्यानरमा निर्माण भैरहेको यो चलचित्रमा साउथका कलाकारहरु सुनिल वर्मा, प्रदीपराज रावतको पनि मुख्य भूमिका छ ।

चलचित्रमा नेपाली कलाकारहरु नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, नरेन खड्का, आदर्श मिश्रा, गरिमा शर्मा, लक्ष्मी पौडेल, वसिस राजा लगायतको अभिनय छ ।

यो चलचित्रलाई ४ करोडको बजेटमा निर्माण गरिने निर्माणपक्षले बताएको छ । चलचित्रलाई नेपाली र हिन्दीसँगै भारतका विभिन्न प्रान्तीय भाषामा पनि रिलिज गर्ने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *