२० केजी तौल बढाउन जीममा नाजिरको मिहिनेत

२४ माघ २०७९ ११:२८

नायक नाजिर हुसेन आफ्नो चरित्रका लागि निक्कै मिहिनेत गर्छन् । उनले अभिनय गरेको चलचित्र ‘गुलाबी’को पोष्टरले खुबै चर्चा पायो । जहाँ, नाजिर ट्रान्सवुमनको भूमिकामा छन् । यो चलचित्रका लागि नाजिरले १५ केजी तौल घटाएका थिए ।

अब, नाजिरले नयाँ चलचित्रका लागि २० केजी तौल बढाइरहेका छन् । यसका लागि दैनिक जीममा उनी मिहिनेत गरिरहेका छन् । नाजिरले चलचित्र ‘अगस्त्य’का लागि २० केजी तौल बढाइरहेको उल्लेख गरेका छन् । सौरभ चौधरीको निर्देशनमा बन्न लागेको एक्सनप्रधान चलचित्रमा सौगात मल्ल र मलिका महत्तले पनि मुख्य भूमिकामा काम गर्दैछन् ।

यो चलचित्रको छायांकन चैत्रको तेश्रो साताबाट सुरु हुनेछ । नाजिरले चलचित्रका लागि गरेको मिहिनेतले उनको करिअरलाई पनि फरक पार्ने अपेक्षा गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *