‘मनसँग मन’का निर्देशक भन्छन्–‘फिल्मले दार्जिलिङ र नेपाललाई जोड्छ’

२४ माघ २०७९ ११:१४

माघको २७ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘मनसँग मन’का निर्देशक कैलाश राईले यो फिल्मले नेपाल र दार्जिलिङलाई जोड्ने बताएका छन् । अरुण तामाङको लगानीमा बनेको यो चलचित्रमा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि तामाङ लगायतका कलाकारको अभिनय छ ।

चलचित्रका निर्देशक राइले भने–‘दार्जिलिङलाई दुख्दा नेपाललाई पनि दुख्नुपर्छ । नेपाललाई दुख्दा दार्जिलिङ्लाई पनि दुख्नुपर्छ । यो चलचित्रले दुई ठाउँको सम्बन्धको कथा भन्छ ।’

चलचित्र हेर्दा दर्शकले हाँसो, रोदन, माया–प्रेम सबै पाउने उनले बताए । दार्जिलिङमा पनि यो चलचित्रको विशेष शो गर्दा दर्शक भावुक भएको भन्दै उनले नेपालका दर्शकले पनि चलचित्र रुचाउनेमा विश्वस्त रहेको बताए ।

यस्तै, चलचित्रका मुख्य कलाकार बुद्दि तामाङले भने–‘चलचित्रमा म अमेरिका जान्छु भन्दै झुट बोलेर अन्तिममा भारत पुगेको पात्रको भूमिकामा छु । चलचित्र राम्रो बनेको छ । दर्शकले नेपाली चलचित्रलाई हेरेर साथ दिनुपर्छ जस्तो लाग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *