‘पठान’ले बलिउडमा सुरु गर्यो ४ सय करोड क्लब

२३ माघ २०७९ १०:०७

नायक साहरुख खानको ब्लकबस्टर कमब्याकले सिंगो बलिउड चलचित्र उद्योगलाई नै तरंगित बनाइदिएको छ । साहरुख खानले अभिनय गरेको चलचित्र ‘पठान’ले बक्स अफिसमा धमाका मात्र मच्चाएको छैन, सबैजसो रेकर्ड आफ्नो नाम गरेको छ ।

यो चलचित्रले हिन्दी भाषामा बनेको चलचित्र ‘दंगल’को ३८७ करोडको रेकर्डलाई समेत तोडेको छ । योसँगै ४ सय करोड क्लबको सुरुवात समेत यही चलचित्रले गरेको छ ।

बलिउडमा सय, दुई सय र तीन सय करोड क्लबको सुरुवात नायक आमिर खानले गरेका थिए । तर, अब चार सय करोड क्लबको सुरुवात नायक साहरुख खानको ‘पठान’बाट भएको छ । यो चलचित्रले हिन्दी भाषामा मात्र दोश्रो साताको आइतबारसम्म ४१४.५० करोडको कमाई गरेको छ । तेलुगु र तामिल भाषासहित चलचित्रको व्यापार ४२९.९० करोड पुगेको छ ।

चलचित्रले अब साउथका २ चलचित्र ‘केजीएफ २ र बाहुबली २’ले हिन्दी भाषामा बनाएको रेकर्ड मात्र तोड्न बाँकी छ । चलचित्रले ‘केजीएफ २’को रेकर्ड भोलीसम्म तोड्ने अनुमान गरिएको छ । ‘बाहुबली २’ले हिन्दी भाषामा बनाएको ५११ करोडको आँकडालाई पनि यो चलचित्रले पार गर्ने अड्कल ट्रेडहरुको छ ।

यो चलचित्रलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । चलचित्रमा साहरुखको साथमा दीपिका पादुकोण र जोन अब्राहिमको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *