शोभितको ‘जय हो’मा सलोनसँग रोमान्स गर्दै केकी

२३ माघ २०७९ ९:५४

नायिका केकी अधिकारीले निर्माता शोभित बस्नेतको नयाँ चलचित्र ‘जय हो’ साइन गरेकी छिन् । निर्देशक तथा निर्माता शोभित बस्नेतको जन्मदिनको अवसर पारेर आइतबार केकीसँग निर्माणपक्षले कागजी संझौता गरेको हो ।

केकीले केही दिन अगाडि मात्र चलचित्र ‘प्रसाद २’को छायांकन सकाएकी थिइन् । चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, माओत्से गुरुङ पनि फाइनल भैसकेका छन् । फागुणको २५ गतेबाट चलचित्रको छायांकन पोखरा र मुस्ताङमा गरिनेछ ।

सुरेश न्यौपानेको कथा रहेको चलचित्रमा शम्भुजित बाँस्कोटा र सागर आलेको संगीत, सौरभ लामाको छायांकन रहनेछ । चलचित्रमा राज के अधिकारी र सुरज सरकारले लगानी गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *