बैशाख १ मा रिलिज हुने भयो सुरक्षाको ‘बुलाकी’

२३ माघ २०७९ ९:४९

नायिका सुरक्षा पन्तलाई कर्णालीको एक महिलाको भूमिकामा देखाएको चलचित्र ‘बुलाकी’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । सुरुवातमा यो चलचित्रलाई फागुणको १९ गतेबाट रिलिज गर्ने तयारी गरिएको थियो । तर, यो मितिमा ‘छक्का पन्जा ४ र छड्के २’ आउने भएपछि यसको प्रदर्शन मिति पोष्टपोन्ड गरिएको हो ।

अब, यो चलचित्र नयाँ बर्षको सुरुवाती दिन अर्थात वैशाखको १ गतेबाट रिलिज हुने भएको छ । विराज बिष्टको निर्माणमा तयार भएको यो चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज बिष्ट, प्रकाश कँडेल, रमेश वुढाथोकी, सुशिल पोखरेल लगायतका कलाकारले अभिनय गरेका छन् ।

छत्रश्वेरी म्यानेजमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा शिव ढकालको छायांकन, लक्ष्मण सुनारको कथा, राजबहादुर साने, विराज बिष्ट र लक्ष्मण सुनारको पटकथा तथा संवाद छ । चलचित्रले नेपालको कर्णालीमा हालसम्म पनि यथावत् नै रहेको जारी प्रथाको कथालाई उठान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *