रामोजी स्टूडियोबाट सुरु भयो नीताको ‘ह्रस्व दीर्घ’को छायांकन

२३ माघ २०७९ ९:४३

नायिका नीता ढुंगानाको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘ह्रस्व दीर्घ’को छायांकन भारतबाट सुरु भएको छ । भारतको सबैभन्दा ठूलो चलचित्र स्टूडियो रामोजी स्टूडियोबाट छायांकन प्रारम्भ गरिएको छ । चलचित्रका निर्माता, निर्देशक, कलाकार र प्राविधिकले क्यामेरा पूजा गर्दै छायांकन सुरु गरेका हुन् । केही दिन यही स्टूडियोमा छायांकन हुने नायिका तथा निर्मात्री नीता ढुंगानाले जानकारी दिएकी छिन् ।

चन्द्र पन्तको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, विपना थापाको साथमा केही भारतीय कलाकारको पनि अभिनय छ । चलचित्रमा कलाकारहरुको जम्बो टोली मात्र अनुवन्धित भएपछि निर्माणपक्षमाथि चलचित्र बन्ने वा नबन्ने बिषयमा प्रश्न उठेको थियो । तर, नायिका ढुंगानाले आजबाट छायांकन सुरु भएको जानकारी दिएकी हुन् ।

चलचित्रमा नेपाली र भारतीय प्राविधिकहरुको समेत सहकार्य हुनेछ । यो चलचित्रलाई नेपाली र हिन्दी भाषामा तयार गर्ने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *