प्रिमियरमा तारिफ कमाएको ‘ह्यारी कि प्यारी’ले दर्शकको साथ पाउला ?

२० माघ २०७९ ९:१६

आजबाट नेपालभर चलचित्र ‘ह्यारी कि प्यारी’ रिलिज भएको छ । डाक्टर कपिल रिजालको कथा तथा निर्देशनमा तयार भएको यो चलचित्रले मंगलबार आयोजित प्रिमियरमा चलचित्रकर्मीको राम्रो तारिफ कमाएको थियो ।

आजबाट देशभर राम्रो शोज पाएर रिलिज भएको चलचित्रको बिहानी शोजको व्यापार भने कमजोर छ । दिवा र बेलुकी शोजमा दर्शकको चाप बढ्ने अपेक्षा गरिएको छ ।

चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, जितु नेपाल, बिजय बराल लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको कथावस्तु, कमेडी र कलाकारको अभिनयलाई चलचित्रकर्मीले तारिफ गरेका थिए । हलमा दर्शकको साथ पाएको खण्डमा यो चलचित्रको बक्स अफिस पनि बलियो देखिनेछ ।

कार्तिक ११ गतेपछि कुनै पनि नेपाली चलचित्रले व्यापार राम्रो नगरिरहेको समयमा रिलिज भएको यो चलचित्रले बक्स अफिसमा दर्शकको साथ पाउने विश्वास निर्माताको छ । सुदिप बरालको चलचित्रमा छायांकन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *