नम्रता र गौरवले सुरु गरे ‘नम्बरी सुन’को सुटिङ

२० माघ २०७९ ९:०६

नायिका नम्रता सापकोटा र नायक गौरव पहारीले आजबाट चलचित्र ‘नम्बरी सुन’को छायांकन सुरु गरेका छन् । श्रीकाली चौरमा शुभसाइत गर्दै राजु गिरीले निर्देशन गर्न लागेको चलचित्रको छायांकन प्रारम्भ गरिएको हो ।

निर्माणपक्षले एउटा गीतबाट चलचित्रको काम सुरु गरेको हो । नारायण खातीको कथा तथा प्रस्तुतिमा तयार भैरहेको चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, वुद्दि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ ।

सुवर्ण शिभान्स प्रोडक्शनको व्यानरमा निर्माण हुन लागेको चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा संवाद, सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी रहनेछ ।

यो चलचित्रमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन, दिव्य सुवेदीको छायांकन, देव महर्जनको एक्सन छ । चलचित्रको छायांकन लमजुङको भुजुङ्ग गाउँ, मनाङ र काठमाडौंमा गरिनेछ ।

नम्रताको यो बर्ष चलचित्र ‘डेसान’ रिलिज भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *