कलिउड सुपरस्टार थलापति विजयका चलचित्रले बक्स अफिसमा सुपरहिटको व्यापार गर्छन् । उनको पछिल्लो चलचित्र ‘वारिसु’ले पनि बक्स अफिसमा धमाका मच्चाएको थियो । उनै, विजय अब नयाँ चलचित्रको छायांकनमा जोडिएका छन् । नाम तय नगरिएको उनको चलचित्रको शुभसाइतसँगै काम सुरु गरिएको छ । उनको यो ६७ औं चलचित्र हो ।
यो चलचित्रमा विजयसँगै तृषा कृष्णनको पनि मुख्य भूमिका रहनेछ । चलचित्रको शुभसाइत समारोहमा विजय र तृषा उपस्थित थिए ।
चलचित्रलाई एक्सन जनरामा निर्माण गर्ने तयारी मेकरको छ । विजयका फ्यानले उनको चलचित्रमा एक्सनको अपेक्षा गर्छन् ।