अरुण, श्रृष्टी र शुभेक्क्षाको ‘प्रेमा’ चैत्र १७ बाट रिलिज हुने

१९ माघ २०७९ १४:०२

बाघठाटा फिल्म फ्याक्ट्रिको व्यानरमा निर्माण भएको चलचित्र ‘प्रेमा’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र चैत्र १७ अर्थात मार्चको ३१ तारिखबाट रिलिज हुने पक्का भएको छ ।

चलचित्रको फस्टलुकमा मुख्य कलाकारहरु अरुण क्षेत्री, शुभेक्क्षा खड्का र श्रृष्टी श्रेष्ठलाई स्थान दिइएको छ । पोष्टरमा अरुणलाई दुबै नायिकासँग रोमान्टिक देखाइएको छ । यो फिल्ममा निर्देशक भण्डारी र विवेक घिमिरेको लगानी छ ।

यो चलचित्रको छायांकन काठमाडौं, धनगढी र कर्णालीमा गरिएको थियो । चलचित्रमा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया लगायतका कलाकारको अभिनय छ ।

सामर्थ विक्रम थापा कार्यकारी निर्माता रहेको चलचित्रमा सुशान्त गौतमको संगीत, कृष्ण भण्डारीको सम्पादन, महेश पौडेलको डीओपी छ । निर्देशक भण्डारीले यसअघि चलचित्र ‘रणवीर’को निर्देशन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *