केक काट्न पुग्ने, फिल्म प्रचारमा नहिड्ने वर्षा

१९ माघ २०७९ १२:०३

कुनै पनि चलचित्र चल्यो भने, त्यसको फाइदा सबै भन्दा बढी कलाकारलाई हुन्छ । किनकी, चलचित्रले व्यापार गर्दा कलाकारको क्रेज पनि बढ्छ, पारिश्रमिक पनि वृद्धि हुन्छ । तर, कलाकारहरुले आफू अभिनित चलचित्रलाई नै साथ नदिदा निर्माताको मन कति दुख्छ होला ?

माघको २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मनसँग मन’की नायिका वर्षा सिवाकोटीले पनि यो चलचित्रको प्रचारमा मन बनाएकी छैनन् । यसको निर्माणपक्षले उनलाई प्रचारका लागि बारम्बार सम्पर्क गर्न खोज्दा पनि उनी सम्पर्कमा आउन नै चाहेकी छैनन् ।

बरु, केही दिन अगाडि वर्षा आफू अभिनित ७ बर्ष पुरानो चलचित्र ‘पशुपति प्रसाद’को केक काट्न पुगिन् । चलचित्रको सिक्वेल ‘पशुपति प्रसाद २ भष्मे डन’मा उनी नायिकाको रुपमा देखिने छैनन् । तर, ७ बर्ष पुरानो चलचित्रको लागि केक काट्न पुगेकी वर्षा आफ्नो फ्रेस चलचित्रको लागि भने टाढा हुँदैछिन् । यसलाई वर्षाको व्यवसायिकता भन्न मिल्ला र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *