यश कुमारलाई ‘गल्ली’मा रेश्माले धोका दिएपछि…

१९ माघ २०७९ ११:५५

यश कुमारको शब्द, संगीत र स्वरमा ‘गल्ली’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा यशलाई मेचु धिमालले स्वरमा साथ दिएकी छिन् । गीतको भिडियोमा यश कुमार र मोडल रेश्मा घिमिरेले अभिनय गरेका छन् । निर्देशक निकेश खड्काले म्यूजिकल लभ स्टोरीको रुपमा यो भिडियो तयार पारेका छन् ।

भिडियोमा एक यूवक ५ बर्ष जेलमा बसेर फर्किएपछिको कथालाई प्रस्तुत गरिएको छ । भिडियोलाई निकेशले उत्कृष्ट बनाएका छन् । यश कुमारको स्वरमा मिठास छ ।

यश कुमारकै कथा रहेको भिडियोमा विकास धमलाको सम्पादन, हरि हुमागाँइको छायांकन छ । भिडियो र अडियो दुबै उत्कृष्ट छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *